11/26/2020

DIVAKHABAR.COM

सुचनाको सारथी

शिव भगवान काे दर्शन गरी ,०७७ जेठ १२ (आज) सोमवारको राशिफल पढ्नु होस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
सानातिना कामको झमेला आउनसक्छ ,बोलीको अनर्थ लाग्न सक्छ,सन्तान पक्ष खुशीको योग छ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ११ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
रोजगारीमा समस्या देखा पर्ने छ,पारिवारिक विवादमा होला,सामान्य चोट पटक लाग्ने योग छ,शारीरिक मानसिक पिडा बढ्ने छ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
लेनदेन मा विवाद हुनेछ,चोट पटक लाग्ने योग छ,बोलीमा विचार पुराउनु होला,शत्रुहरु पनि मित्र बन्न सक्छन, आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
रिकोयाका काम बन्ने छ,बोलीको सम्मान हुनेछ ,यात्रा घातक बन्ने छ ,धार्मिक कार्यमा मन जाला ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
रोजगारी मा समस्या देखा पर्ने छ,शत्रुहरु पनि मित्र बन्न सक्छन,गुप्त रोगले सताउने छ,पारिवारिक विवाद होला,आजको शुभ अंक ८ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
खानेकुरामा विचार पुराउनु होला,नसोचेको काम बन्ने सम्भावाना छ, बोलीमा बिचार पुराउनु होला,मान सम्मान मिल्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
आर्थिकमा रुपमा सफल भइनेछ ,शारीरिक मानसिक पिडा बढ्ने छ,बोल्दा खेरि विचार गर्नु होला, यात्रा घातक हुने छ, भिडभाड बाट बच्नु होला,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
सन्तान पक्ष खुशीको योग छ,गुप्त रोगले सताउने छ,शिक्षा क्षेत्रमा मन जानेछ,यात्रामा विचार पुराउनु होला,आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
सामाजिक कार्यमा मन जानेछ,आर्थिक संकट पर्ने देखिन्छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
मेलमिलापको समय छ,संकल्प गरेको काम सफल हुनेछ,स्वास्थ्यमा समस्या आउने छ, अर्काको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आर्थिकमा रुपमा सफल भइनेछ ,रोजगारी मा समस्या देखा पर्ने छ,बोलीमा विचार पुराउनु होला,शत्रुहरु हावी हुनेछन ,आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
नसोचेको काम बन्न सक्छ,सामान्य चोट पटक लाग्ने योग छ,स्वास्थ्यमा सुधार आउनेछ, भिडभाडमा जादा स्वास्थ्यमा असर देखिने छ,आजको शुभ अंक २ रहेको छ ।

धार्मिक मान्यता छ, भगवान सर्वत्र छन्, सर्वब्यापी छन् । हर कण–कणमा भगवानको वास रहन्छ ।त्यसैले मनुष्य भगवानलाई प्रसन्न पार्न हरसम्भव प्रयाश गर्दछ । भगवानबाट आफ्नो मनकामना पुर्ण होस् भनेर अनेक उपाय गर्दछ ।तर पनि उसको मनचाह फल पाउन सक्दैन । तर शास्त्र अनुसार मानिसले आफुले चाहेको वर पाउन केहि व्रत तथा नियमको पालना गर्नुपर्ने हुन्छ ।हरेक मनोकामनाका लागी अलग अलग व्रत र त्यसका नियमहरु रहने गरेका छन् । यदि कोहि सन्तान प्राप्तिको मनोकामना राख्दछ भने उसले त्रयोदशीको व्रत बस्नु पर्छ ।यदि कसैलाई विवाहमा अड्चन आइरहेको छ भने बिहीबारको व्रत बस्नु पर्दछ । त्यस्तै कुनै अन्य मनोकामना पुरा होस् भन्ने चाहना छ भने एकादशीको व्रत बस्नु उपयुक्त हुन्छ । यी व्रतका नियमबारे जानकारी लिनुहोस् ।

सन्तान प्राप्तिको व्रत र नियम:
१. सन्तान प्राप्तिका लागी हरेक महिनाको त्रयोदशी तिथिको व्रत बस्नु पर्दछ ।
२. यस व्रतको दिन केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
३. त्यस दिन बिहान र साझँ ११ माला ‘ॐ नमः शिवाय’ को जप गर्नुपर्दछ ।
४. साझँमा शिव मन्दिर गई दर्शन गरेर मात्र भोजन गर्नुपर्दछ ।

विवाहको अड्चन हटाउने व्रत र नियम
१. विवाहको अड्चन हटाउन वा विवाहको कामना पुरा गर्न ११ बिहीबारको व्रत बस्नुपर्दछ ।
२. व्रतको दिन बिहान सबेरै उठेर नुहाई पहेलो वस्त्र धारण गर्नुपर्दछ ।
३. व्रतका क्रममा पवित्र जल केराको बोटमा अर्पण गरी १६ पटक परिक्रमा गर्नुपर्दछ ।
४. त्यसपश्चात ॐ नमो भगवते वासुदेवाय मन्त्रको १ सय ८ पटक जप गर्नुपर्दछ ।
५. व्रतको दिन सूर्यास्त हुनुपुर्व कुनै पनि पहेलो चीजको सेवन गर्नुहुदैन ।
६. बिहीबारको दिन नुनको सेवन गर्नुहुदैन ।
७. साझँमा पनि ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुपर्दछ ।

मनोकामना पुर्ण गराउने व्रत र नियम
१. धार्मिकशास्त्र अनुसार एकादशी व्रत सबैभन्दा महत्वपुर्ण र शुभ फलदायी व्रत मानिन्छ ।
२. शुक्ल र कृष्ण पक्ष तिथि गरी महिनामा दुई पटक एकादशीको व्रत हुने गर्दछ । दुबै व्रतको फल समान हुन्छ ।
३. यस व्रतको दिन शुद्ध जलीय आहार मात्र ग्रहण गर्नु पर्दछ ।
४. यदि निर्जल व्रत बस्न सकेमा एकादशी व्रतले अद्भुत परिणाम दिने मान्यता छ ।
५. यस व्रतका क्रममा इष्ट देवता वा विष्णु भगवानसंगै शिवको आराधना गर्नु पर्दछ ।
६. एकादशी व्रतमा चारै बेलामा आराधना गरे मनोकामना पुर्ण हुने मान्यता छ ।
७. व्रतको भोलीपल्ट बिहान एकछाक भोजन आवश्यकता भएकालाई दान गरी कागती पानि खाएर मात्र उपवास समाप्त गर्नुपर्दछ । आजतकबाट