10/24/2020

DIVAKHABAR.COM

सुचनाको सारथी

पद होइन जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं

‘बहस गर्दा पार्टी फुट्न लाग्यो, छियाछिया हुन्छ भन्ने होइन,’उनले थपे, ‘हामी जालझेल र ढाटछल गर्न सकिन्न। पार्टीभित्र तीखो बहस हुन्छ। बुर्जुवाहरूमा भने तीखो बहस हुन्न, लुटेर खाने कुरामा उनीहरू एक हुन्छन्।’ उनले पार्टी एकता रक्षा गर्दै देखा परेका विवादहरू ठिक ढंगले फस्यौट हुनुपर्ने बताए।

विवाद बढ्दै गएपछि पार्टीमा यो विवाद मिलाउने जिम्मेवारी पाएका छन्, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले। तर, यी दुई अध्यक्षबीच नै संवादको वातावरण पनि बन्न सकेको छैन।

यो वि’वादको समाधानका लागि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ। अहिले प्रचण्ड पक्षसँग एक भएर उभिएका नेपालका पछिल्ला अभिव्यक्तिलाई ख्याल गर्ने हो भने पनि अहिले नेकपाको शक्ति संघर्ष अझ अगाडि बढ्ने देख्न सकिन्छ।

शुक्रबार मात्रै अध्यक्ष ओलीका तर्फबाट नेकपा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष प्रचण्डसँग उनको निवास खुमलटारमा भेट गरेका छन्। खुमलटार स्रोतका अनुसार त्यो भेटमा पार्टी एकतालाई कसरी जोगाउने र अहिलेको विवाद कसरी मिलाउने भन्ने विषयमा छलफल केन्द्रित रह्यो। तर, यसबाट पनि यो विवादको जेलिएको पोयो फुक्ने सम्भावना देखिएको छैन।

यही क्रममा नेकपा उपाध्यक्ष वामदेव गौतमको पछिल्लो ‘मुभ’का कारण प्रचण्ड–नेपाल पक्ष थप संशकित, सतर्क र नयाँ रणनीति निर्माणमा जुटेको छ। किनकि वामदेव गौतमले १३ साउनमा ६ बुँदे प्रस्ताव ल्याउँदै आफू ओली पक्षमा लागेको संकेत गरेका छन्। ओलीले वामदेव गौतमले प्रस्ताव गरेका ६ बुँदालाई आफू अनुकूल हुने भएपछि वामदेव निवासमै पुगेर ‘डिनर मिट’ समेत गर्दै आफ्नो प्रभाव नेकपामा बढी रहेको सन्देश दिएका छन्।

स्थायी कमिटी बैठकको सुरुवातमा चाहिँ वामदेव गौतमले पनि ओलीले दुवै पक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए। तर, अहिले उनी पनि ओली पक्षको लबिइङमा लागेको नेकपाका नेताहरुले बताउन थालेका छन्। नेकपा सचिवालयका अर्का नेता रामबहादुर थापा बादलको भूमिका पनि पछिल्लो समय नेकपाको यो विवाद समाधानका लागि महत्वपूर्ण हुने देखिएको छ।

यसअघिका विवादमा ओली पक्षमा उभिएका गृहमन्त्रीसमेत रहेका थापा यसपटक कुन पक्षलाई सहयोग गर्दै छन् भन्ने खुलेर आएका छैनन्। केहीअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई सहयोग गर्ने ‘वचन’ दिएको बताइएको छ। तर, ओलीले एकल निर्णयले स्थगित गरेको र प्रचण्ड पक्षले अगाडि बढाएको स्थायी कमिटी बैठकमा बादल उपस्थित भएनन्।