10/24/2020

DIVAKHABAR.COM

सुचनाको सारथी

कोरोनाको खोप कसले पाउने कसले नपाउने पुरा पढ्नुस

कोरोनाको खोप कसले पाउने कसले नपाउने पुरा पढ्नुस

संसारले व्यग्रताका साथ कुरिरहेको क्षण अन्ततः आइपुुगेको छ । कोभिड–१९ विरुद्धको खोप पास भएर प्रयोगका लागि तयार छ । यो एक कठिन यात्रा रह्यो, तर अहिले विश्वभरका भ्याक्सिन निर्माताहरुले दैनिक हजारौं डोज उत्पादन गर्दैछन्, महामारीको अन्त्य संघारमै छ । यद्यप ियो अन्त्य होइन, अन्त्यको सुरुवात पनि होइन । यहाँ ७ अर्ब ५० करोडभन्दा धेरै मानिसलाई खोपको जरुरी छ, तर पहिलो ६ महिनाको उत्पादनबाट एक अर्ब डोजमात्र उपलब्ध छ ।

कसले पाउनेछ ? अग्रपंक्तीमा खटिएका स्वास्थकर्मी यसमा पहिलो हुनुपर्छ भनेर सबै सहमत छन् । तर त्यसपछि को ? हर्ड इम्युनिटी हासिल गर्ने उत्कृष्ट बाटो के हो ? के मानिसहरुले खोप स्वीकार्छन् ? अनि के धनी देशहरुलाई आपूर्ति सञ्चयबाट रोक्न संभव छ ? यसको जवाफ सफल खोप विकास हुनभन्दा धेरैअघि, अहिल्यै अर्थात् २०२० मा गरिने निर्णयहरुमा निर्भर छ । हुनसक्छ, त्यस्तो दिन कहिल्यै आउने छैन । तर कल्पना गरौं यस्तै होला । अनि के हुन्छ ?

भ्याक्सिनले काम गरिहाले पनि त्यहाँ एकैै आकार र प्रकृतिको खोप हुने छैन । विकासको चरणमा रहेका दुुई खोपले इपिडेमीलोजिस्टहरुले सामना गरिरहने समस्याको गन्ध दिन्छन् । यिनीहरु २०१९ नोभेम्बरमा स्विकृत इबोला भ्याक्सिन ‘इर्भेबो’ र २०१५ मा स्वीकृति पाएको डेंगुको भ्याक्सिन ‘डेङभासिया’ हुन् ।

पहिले इर्भेबोको कुरा गरौं । कोभिडले आतंक मच्चाउनुुअघि संक्रामक रोगबारे रणनीति बनाउन र परीक्षण गर्न पर्याप्त समय थियो । सबैभन्दा प्रभावकारी उपाय रिङ भ्याक्सिनेशन रहेको यसले देखाउँछ । जसको मतलब पुष्टि भएका संक्रमित, उनीहरुसँग सम्पर्कमा आएका र ती व्यक्तिसँग पनि सम्पर्कमा आएकाहरुको पहिचान गरेर खोप लगाइदिने अर्थात् भाइरस वरपर प्रतिरोधको जालो बिछ्याइदिने ।

डेङसाभियाको रणनीति भने स्थानीय परिवेशमा निर्भर छ । जब भाइरस नियन्त्रणबाहिर हुन्छ, तब मानिसहरुलाई सामुहिक खोप लगाइदिँदा अधिकतम सुरक्षा मिल्छ । तर जहाँ संक्रमण दर कम छ, त्यहाँ पहिचान गरेर संक्रमित वयस्कहरुलाई मात्रै भ्याक्सिन लगाइदिनु उत्तम हुन्छ ।  किनकि जुन रुपमा प्रतिरोधी क्षमता बढ्छ, त्यसअनुसार पहिलोको दाँजोमा दोस्रो बाउट अझै खतरनाक हुन्छ । यसको अर्थ भाइरस हुने सम्भावना नभएका बच्चालाई खोप लगाउनु प्रत्युत्पादक हुनसक्छ भन्ने पनि हो, किनकि भ्याक्सिनले पहिलो बाउट जसरी व्यवहार गर्छ ।

यसरी एउटाका लागि काम गर्ने खोप, अर्को रोगका लागि राम्रो नहुनसक्छ किनकि रोग र भ्याक्सिन सबै फरक छन् । कोभिडका हकमा भ्याक्सिन र पूर्ण जानकारी दुुबैको नहुनुुको अर्थ डिजाईन गरिएको रणनीति अवास्तविक विज्ञान हो । अस्टे«लियाको जेम्स कुक विश्वविद्यालयकी इम्मा म्याक ब्राइडे नेतृत्वको टोलीले सम्भावित अवस्थाको मोडलिङ सुरु गरेको छ, तर नतिजा अझै आइसकेको छैन । एउटा कुरा हामी भन्नसक्छौं, रिङ भ्याक्सिनेशनले काम गर्नेवाला छैन ।

इबोला शरीरको तरल पदार्थबाट फैलने रोग हो, त्यसै तुलनात्मक रुपमा ढिलो फैलन्छ, जबकि कोभिड–१९ स्वासप्रश्वास सम्बन्धी रोग हो, यो निकै तिव्र फैलन्छ ।

विशेषता जेसुकै होस्, कुनै नयाँ खोप बनाउनुको बलियो आधार कडा बिरामी र मृत्युदरलाई कम गर्नु हो । यसोे गर्नु कोभिड–१९ का हकमा सही हुन्छ । रातोपाटी बाट