काठमाडौँ – सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दु’र्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ ।सार्वजनिक यातायातमा जीपीएस जडानको काम नेपाली कम्पनीले गर्ने भएको छ । छ महिना सफ्टवेयरको काम गर्ने र छ महिनामा हार्डवेयरको काम गर्ने हमालको भनाइ छ ।
जीपीएस जडान खासगरी सवारी साधनको गति, अवस्था र स्थानको जानकारी लिन गरिने हो । सवारी साधनको निगरानी गर्न जीपीएस प्रणाली जोड्न लागिएको हो । जीपीएस जडान गरिएपछि दु’र्घटना न्यूनीकरण हुने दा’बी उनको छ । तीव्र गतिका कारण दु’र्घटना हुँदै आएकोमा गति तीव्र भएको खण्डमा तुरुन्त चालकलाई म्यासेज जाने उनले जानकारी दिए । त्यसरी चालकको नि’गरानी हुने र उसको व्यवहार परिवर्तन हुनुका साथै अटेर गरे का’रबाहीसम्म गरिने जनाइएको छ । त्यस्तै गाडी कहाँ छ भन्ने कुराको जानकारी प्राप्त हुने र यात्रुले पनि प्रयोग गर्न मिल्ने गरी जीपीएस लागू गरिने जनाइएको छ ।
More Stories
कोरोनाको खोप कसले पाउने कसले नपाउने पुरा पढ्नुस
खुसिको खबर आज नेपालमा एकैदिन थप १ सय ३४ जनाले कोरोना जितेर घर फर्के !
शिव मन्दिरमा मन्दिरमा भेटियो अनौठो चमत्कारीक सर्प ! हेर्ने मानिसको घुइंचो तपाई पनि एक पटक अबस्य हेर्नुहोला ।